एक युनिभर्सिटिले बेच्यो ३६ हजार नक्कली डिग्रीको प्रमाणपत्र

International News News

The Mirror Desk,

काठमाडौँ, भारतको एक युनिभर्सिटिले ३६ हजार नक्कली डिग्रीको प्रमाणपत्र बेचेको समाचार बाहिर आएको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती युनिभर्सिटिले ११ वर्षमा दिएका ४१ हजार डिग्रीको प्रमाणपत्र मध्ये ५ हजारमात्र सक्कली र अरु सबै नक्कली रहेको अनुसन्धानमा देखिएको छ। उक्त युनिभर्सिटिका ५५ वटा हार्ड डिक्सहरुमध्ये अहिलेसम्म प्रहरीले १४ वटाको मात्र अनुसन्धान गरेको छ भने अरु बाँकीको अनुसन्धान गरिने जनाएको छ।

यो युनिभर्सिटि राजकुमार राना भन्ने व्यक्तिले चलाएका प्रहरीले जनाएको छ। उनी ट्रस्टका प्रमुख हुन्। उनका पत्नी र छोराछोरी अष्ट्रेलियामा रहेका छन्। अनुसन्धानको क्रममा उनीहरुलाई भारत ल्याउने प्रक्रिया सुरू गरिएको छ। उनले नक्कली प्रमाणपत्र बेचेर १ सय ९४ करोड भारू भन्दा बढी कमाएको प्रहरीको अनुमान छ। उनको परिवारले सन् २००९ मा हिमाञ्चलमा र २०१३ मा हरियाणामा युनिभर्सिटिले खोलेको थियो।

[ref-timesofindia]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *