nepali national cricket team

‘एक वर्षपछि खेलमा फर्केको नेपालले बनाएका ८ रेकर्डहरु[रेकर्डहरु सहित]

Cricket Sports

The Mirror Desk

शनिबार एक वर्ष भन्दा धेरै पछि मैदान फर्किएको नेपालले सानदार जित निकाल्न सफल भयो। त्रिदेशीय कप टी-२० क्रिकेट सिरिजमार्फत नेपाली राष्ट्रिय क्रिकेट टिम मैदान उत्रिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्यो।

कोरोनाका कारण अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा ठप्प हुँदा नेपाली क्रिकेट टिम एक वर्ष भन्दा पुरै प्रतियोगिता बिहीन बनेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १३६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा सहज रुपमै लक्ष्य पार गर्‍यो।

के के बन्यो त रेकर्डहरु ?

१) नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले सानदार ब्याटिङ गरे। डेब्यू गरेका दुवैले अर्धशतक हिर्काए।

२) नेपालका लागि टी-२० को डेब्यू खेलमा दुवै खेलाडीले अर्धशतक बनाएको यो पहिलो पटक हो।

३) कुशल र आसिफबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी भयो। यो नेपालको टी-२० मा अहिलेसम्मकै ठूलो ओपनिङ साझेदारी हो।

४) कुशल र आसिफबीच पहिलो विकेटका लागि भएको साझेदारी डेब्यू खेलाडीले बनाएको अहिलेसम्मकै सर्वाधिक ठूलो हो।

५) कुशलले बनाएको ६२ रन नेपालका लागि डेब्यू खेलाडीले बनाएको अहिलेसम्मकै सर्वाधिक रन हो।

६) आसिफले शनिबार ५४ रन जोड्दै डेब्यू खेलमा सर्वाधिक दोस्रो रन जोड्ने कीर्तिमान आफ्नो नाममा लेखाए।

७) नेपालले हात पारेको ९ विकेटको जित नेपालको ठूलो जित मध्येको एक हो। टी-२० मा नेपालले तेस्रो पटक ९ विकेटको जित हात पारेको हो।

८) सिंगापुरविरुद्धको खेल नेपालका प्रशिक्षक डेभ वाटमोरका लागि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। जुन खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेसँगै वाटमोरको सुरुवात पनि राम्रो बन्यो।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *