‘एक वर्षमा कोरोना महामारीको बारेमा सिकेका ९ मुख्य कुराहरु’

National News News

The Mirror Desk

करिब करिब डेढ वर्ष अघि कोरोन भाइरस (कोभिड-१९) को पहिलो सङ्क्रमण देखा परेपछि उक्त भाइरसले संसारलाई अलमलमा पारिदियो।

डेढ वर्षमा उक्त महामारीको कारणले २६ लाख भन्दा धेरै मानिसको ज्यान गयो भने करिब १२ करोड मानिसहरु सङ्क्रमित भए।

यस अबधिमा डाक्टर र वैज्ञानिकहरूले (कोभिड-१९) सँग जुध्ने र यसबाट बच्न्ने अनेकौ उपाएहरु पत्ता लगाइसकेका छन्।

यहाँ हामीलाई थाहा नभई नहुने सबैभन्दा महत्त्वपूर्ण नौ कुराहरुको बारमा चर्चा गरिन्छ।

१) अहिले उपलब्ध भएको खोपले कोरोना भाइरसको नयाँ भेरिअन्टविरुद्ध पनि काम गर्छन:- अहिलेका खोप कोरोनाभाइरसको सुरुको स्वरूपलाई ध्यान गरेर तयार गरिएका हुन् तर वैज्ञानिकहरूले ‘सम्भवत: धेरै राम्रो नगरे पनि’ तिनले अझै पनि काम गर्ने विश्वास गर्छन्।

२) सामान प्याक गरिएका वस्तुबाट भाइरस सर्ने सम्भावना न्यून:- विश्व स्वास्थ्य सङ्गठनका अनुसार खानेकुरा र खानेकुराको प्याकेजिङबाट कोभिड सरेको पुष्टि भएको छैन। अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले प्रकाशित गरेको प्रतिवेदनले प्याकेजिङ भाइरस सर्ने सम्भावित स्रोत हुन् भन्ने पुष्टि गर्ने प्रमाण नरहेको जनाएको छ।

३) कोरोना भाइरस (कोभिड-१९) एकपटक भएपनि फेरि अर्को पटक हुनसक्छ:- धरै देशहरूमा थोरै मानिसहरुमा भए पनि भाइरसको सङ्क्रमण दोहोरिएको पत्ता लागेको छ। यसको मुख्य कारण नयाँ भेरिअन्ट हुनसक्ने बैज्ञानिकहरु बिश्वास गर्दछन।

४) क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विन कोभिडको उपचारमा काम लाग्दैन:- महामारीअघि मलेरियाको उपचारमा परम्परागत रूपमा प्रयोग गरिने क्लोरोक्विन र यसको सहउत्पादन हाइड्रोक्सी क्लोरोक्विनले कोभिडको उपचारमा काम गर्ने आश बिश्वास गरिएको थियो। तर पछि चिनियाँ र फ्रेन्च अनुसन्धान समूहरूले काम नगर्ने कुरा पत्ता लगाए।

५) कोरोना भाइरसको उत्पत्ति प्रयोगशालाबाट नभइ जनावरबाट भएको:- विश्व स्वास्थ्य सङ्गठनको समूहले कोरोना भाइरस पहिलो पटक देखिएको चीनको वुहानमा अनुसन्धान गरेको थियो। उक्त अनुसन्धान पछि भाइरस चमेराबाट उत्पत्ति भएको देखाएको थियो।

६) कोरोना भाइरस (कोभिड-१९) सामान्य रुधखोकी वा फ्लु होइन:- सामान्य रुधखोकी वा फ्लु जस्तै कोरोना भाइरस (कोभिड-१९) पनि उच्च ज्वरो, खोकी, थकान यी लक्षणहरू समान खालका हुन्छन् तर पनि यो सामान्य फ्लु भने होइन।

७) कोरोना भाइरस (कोभिड-१९) ले वृद्धवृद्धालाई मात्र प्रभावित गर्दैन:- कोरोना भाइरस (कोभिड-१९) ले वृद्धवृद्धालाई बढी जोखिममा पार्छ तर पनि जवान मानिसमा पनि यसको गम्भीर लक्षण देखिन सक्छन् र उनीहरूलाई अस्पताल भर्ना गर्नु पर्ने हुनसक्छ र ज्यान पनि जानसक्छ।

८) कोरोना भाइरस (कोभिड-१९) रोक्नको लागी मास्क अनिबार्य:- विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार मास्कले मुख्यतया दुइ काम गर्छ, एउटा मास्क लगाउनेलाई सुरक्षा गर्छ र अर्को मास्क लगाएका सङ्क्रमितको सम्पर्कमा पुग्नबाट जोगाउँछ।

९) न्यु भेरिअन्टबारे गम्भीर चिन्ता:- हजारौँ प्रकारका भाइरस भएपनि सबैभन्दा चिन्ता निम्त्याउने मुख्य भेरिअन्टहरु हुन, ब्रजिल भेरिअन्ट, यूके वा केन्ट भेरिअन्ट र साउथ अफ्रिका भेरिअन्ट।

कोरोना भाइरस (कोभिड-१९) का अरु पनि धेरै लक्षणहरू हुनसक्छन। यसले जो कसैलाई पनि आक्रमण गर्न सक्छ। यसबाट आफु पनि बाचौं र अरुलाई पनि बचाउँ।

[ref-BBC]

धुर्मुस किन रोए???

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *