एमालेको संसदीय दलको बैठकले गरेका ७ महत्वपूर्ण निर्णयहरु [लिस्ट सहित]

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा वालुवाटारमा भएको बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेको छ। एमाले र माओवादी केन्द्र व्युँतीएपछि दलको बैठकलाई प्राथमिकता दिइएको छ।

एमालेमा २०७५ साल जेठ २ गतेभन्दा अगाडी रहेको दुई सय ४१ जनाको केन्द्रीय सदस्य रहेकोमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएका २३ जनालाई थप गरी दुई सय ६४ जना केन्द्रीय सदस्य बनाइएको थियो।

मुख्यता उक्त बैठकले गरेका ७ महत्वपूर्ण निर्णयहरु यसप्रकार छन।

१) पार्टीले गरेको विधिसंवत् निर्णयहरु बाट पार्टी पछाडी फर्कन अवस्था नरहेकोले सबै निर्णयहरु कार्यान्यन गर्ने/गराउने।

२) कुनै पनि गुटगत समूहको अस्थित्व नहुने, गुटगत गतिविधि स्वीकार्य हुन नसक्ने तर पनि व्यक्तिगतको कुरा र बिचारलाई समेत सुनुवाई गर्ने।

३) आगामी आर्थिक वर्षको लागि प्रभाबकारी बजेट निर्माण गर्नको आवश्यक सुझाव दिने र अबास्यक सहयोग गर्ने।

४) पार्टीमा स्पष्टीकरण सोधिएकालाई के कारवाही गर्ने भन्नेबारे निर्णय आगामी केन्द्रीय कमिटीको बैठकले गर्ने।

५) सांसदहरुको क्षमता अभिवृद्धि गर्ने प्रकारका कार्यक्रमहरु गर्ने/नेतृत्वले सहजिकरण गर्ने।

६) विधिवत ढंगले अगाडी बढाउन सांसदहरुको सुझावलाई आगामी दिनमा आवश्यकताको आधारमा ध्यान दिने।

७) पारित गरेको संसदिय दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन समेत गरिसकेकोले पुरानो अवस्थामा लैजान नसकिने तथा आगामी दिनमा आवश्यकता अनुसार सवैको सल्लाह अनुसार परिवर्तन गर्न सकिने।

अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस है

गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग खुलमखुला घुसको डिल…

३/४ प्रतिशत दिनुपर्ने माग…

सुन्नुहोस यो डिल…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *