kamal thapa

‘एमालेको साथ र समर्थन बिना कुनै पनि परिवर्तन असम्भव’:- कमल थापा

National News News

The Mirror

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा राजनैतिक पार्टीको महत्त्व दर्साएका छन्।

थापाले बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिशेसत एमालेको साथ र समर्थन विना राजनीतिक परिवर्तन सम्भव नभएको बताए। उनले काँग्रेस पनि परिबर्तनको बाहक भएकोले उसलाई पनि साथ लिएर जानुपर्ने बताए।

उनले आफूले राजसंस्थालाई टाउकोमा बोकेर हिडेको तर त्यो अभियानमा राजा र राजसंस्थाको कुनै प्रकारको सहयोग नपाएको बताउँदै बहुलठ्ठी पारश शाहका लागि सति जना नसक्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा सैद्धान्तिक रुपमा विचलन आएको बताउँदै उनले राष्ट्रिय प्रतातन्त्र पार्टीले राजसंस्थाको एजेण्डा छाडेमा ससम्मान पार्टी एकता गर्न सकिने भनाई राखे।

राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलमा रहेकाले त्यो भने सम्भव नभएको उनको भनाइ छ। राप्रपामा सैद्धान्तिक रुपमा विचलन आएपछि राप्रपा नेपाललाई पुनर्गठन गरिएको बताए।खोजिएको उनले बताए ।

सोही अनुसार छोटो अवधिमा देशका ७७ वटै जिल्ला र भातृसंगठानहरुको संरचना तयार भइसकेको अध्यक्ष थापाले बताए। राष्ट्रियता, समाजवाद र हिन्दूराष्टको एजेण्डा बोकेको राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति, दुई तहको संघीयताको वकालत गरिएको उनले बताए ।

पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र सर्वसहमतिमा गर्नुपर्ने र त्यसो हुन नसकेमा त्यस विषयमा जनमत संग्रह गर्न सकिने उनको भनाइ छ।

अहिले मुलुकमा लोकतन्त्रको आवहरणमा सर्वसत्तावाद हावी भएको, बाह्य शक्तिको चलखेल र प्रभाव तिब्र रुपमा बढेर गएको तथा सरकारको नीति र अकर्मण्यताले महंगी बढेर गएको उनले आरोप लगाए।

[ref0-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *