sthapit and dangol

एमालेबाट काठमाडौंमा केशव स्थापित र सुनिता डंगोल

National News News

The Mirror

एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उमेदबार बनाउने निर्णय गरेको छ। प्रदेश सांसद समेतरहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए।

अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको हो।

सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन। उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ‘स्वच्छ वातावरण, यातायात व्यवस्थापन,राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट’ लाई समेटेकी थिइन।

सत्तारुढ गठबन्धनले भने काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन। सत्ता गठबन्धनको सहमतिअनुसार काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिनेछ।

सुनिता डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेकी थिइन।

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *