UML agreed, Oli agreed to return on May 2

एमालेमा कुरा मिल्यो, ओली जेठ २ मा फर्किन सहमत

National News News

The Mirror Desk

नेकपा (एमाले) मा रहेको लामो बिबाद लगभग समाप्त भएको बताइएको छ। नेता माधव नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली जेठ २ मा फर्किन र फागुन २८ को निर्णय फिर्ता गर्न सहमत भएको बताएका छन्। नेता नेपालले आफूहरुको बटमलाइन नै जेठ २ र फागुन २८ भएको भन्दै ओलीले यसमा सहमति जनाएको प्रष्ट पारे।

नेता नेपालका अनुसार यो विषयमा सहमतिको मोडालिटी बनाउन कार्यदल बनाउने सहमति पनि भएको छ। सोही विषयमा छलफल गर्नका लागि नेपाल र ओली समूहबीच सिंहदरबारमा छलफल हुँदैछ। ओली र नेपालबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि बढ्ने सहमति पनि भएको छ।

माओबादि संग पार्टी एकता गर्नु भन्दा अगाडिको नेकपा (एमाले)को पार्टी संरचनामा जानुपर्ने नेपाल समूहको अडान छ। त्यसैगरी नेपाल समूहले फागुन २८ गते अध्यक्ष ओलीले निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसेर सम्पूर्ण अधिकार आफूसँग राखेकोप्रति आपत्ति जनाएको छ।

ओलीले महाधिवेशनको मिति घोषणा गर्दै महासचिव र अध्यक्षबाहेक सबै नेताको जिम्मेवारी खोसेका थिए। नेपाल समूहले ओलीको यो निर्णयप्रति आपत्ति जनाउँदै आएको थियो।

छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए। नेपाल समूहबाट नेपाल सहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो।

pic-kantipur
pic-kantipur

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *