एमालेमा भाडभैलो, ‘नेपाल-खनाल’ समूहले देशभर समानान्तर संगठनहरु बनाउने

National News News

The Mirror Desk,

काठमाडौँ, एमाले झन्डै फुटको संघारमा रहेको छ। ‘नेपाल-खनाल’ समूहले देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ। बिहीबार सकिएको राष्ट्रिय भेलाले तलदेखि माथिसम्म संगठनात्मक अभियान चलाउने निर्णय लिएको योगेश भट्टराईले बताए।

भट्टराईले भने, ‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौँ, यो तीन/चार महिनाको हुन सक्छ, समय तोकेका छैनौं, व्यापक रुपमा संगठनको परिचालन, प्रशिक्षण र कार्यकर्तालाई बुझाउने अभियान सुरु गर्छौं, पार्टी एकतापूर्व ०७५ जेठ २ गतेको कमिटीलाई आधार मानेर अभियान अगाडि बढाउँछौं’।

भट्टराईले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनमा लागेको भए पनि आफूहरुले अन्तिमसम्म एकता बचाईराख्न प्रयास गर्ने जानकारी दिए, हालै एक अन्तर्वार्तामा ओलीले नै म संवाद नै गर्दिनँ भन्नुभएको छ, दुनियाँको कोही नेताले संवाद गर्दिनँ भन्दैन तर उहाँले भन्नुभएको छ, उहाँको यो निरकुंश शैलीले एकता सम्भव छैन तर हामी अन्तिमसम्म एकताको पक्षमा छौं।

उनले थपे, ‘भेलाले नवौं महाधिवेशनको कार्यदिशाको पुनर्पुष्टि गरेकोसमेत बताए, ‘भेलाले नवौ महाधिवेशनको कार्यदिशा पुनर्पुष्टि गरेको छ, ओलीले कार्यदिशालाई सही ढंगले पक्डन नसकेको हाम्रो बुझाई छ, पार्टीको घोषणा पत्र र जनताको बहुदलीय जनवादको नीतिमा काम गर्न नसकेको निष्कर्ष छ’।

[ref-kantipur]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *