The Mirror Desk,
काठमाडौँ, एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै ‘नेपाल-खनाल’ समूह निकट नेताहरुको जिम्मेवारी खोसेपछि सो समुहको आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना कमिटीको घोषणा गरेको छ। ‘नेपाल-खनाल’ समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ।
नयाँ संरचना अनुसार, प्रदेश-१ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश-२ को घनश्याम भुसाललाई, बागमती प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।
त्यसै गरी, युवा विभागमा रघुजी पन्त, विद्यार्थी विभागमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई, महिला विभागमा अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभागमा प्रमेश हमाललाई चुनिएको छ। तर पनि यो कमिटी चैत ४ र ५ गते बस्ने कार्यकर्ता भेलाका लागि भनेर बनाइएको नेता भिम रावलले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू इतर खेमाका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफू निकट स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक बोलाएको थियो, जसले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो।
यो संगै एमालेमा भाडभैलो सुरु भएको छ। यी गतिविधिहरुको सबै भन्दा ठुलो र नराम्रो परिणाम भनेकै पार्टीको औपचारिक विभाजन हुने छ।
[ref-Nmedias]
अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons