uml standing comittee

एमालेमा ‌नयाँ स्थायी कमिटी, को को समेटिएनन?[नामवली सहित]

National News News

The Mirror Desk

प्रधानमन्त्री वा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन्। नेपाल समुहको अनुपस्थितिका बीच दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन्।

ओलीका प्राय बैठकहरुमा अनुपस्थित रहने गरेका वामदेव गौतमलाई भने उक्त कमिटीमा राखिएको छ।

को-को समितिमा समाबेश भए?

पूर्व माओवादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई पनि स्थायी कमिटीमा समोवश गरिएको छ ।

त्यसै गरी कमिटिमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल छन्।

को-को समितिमा समाबेश भएनन?

एमाले अध्यक्ष ओलीले बनाएको स्थायी कमिटीमा पार्टीमा समानन्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहलाई भने स्थान दिइएको छैन।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता थिए भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव थिए। सुरेन्द्र पाण्डे र बेदुराम भुसाल स्थायी कमिटी सदस्य थिए।

अमृत बोहरा पनि पदेन स्थायी कमिटी सदस्य थिए। रघुजी पन्त पनि स्थायी कमिटीमा थिए तर उनीहरु कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन।

[ref-onlinekhabar]

Watch This Video…

What Did Dhurmus Say With Tears?

“ What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *