prachanda

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाईदिने प्रचण्डको धम्की

National News News

The Mirror

माओवादी अध्यक्ष प्रचण्डले एक कार्यक्रममा कांग्रेसलाई अहंकार र घमण्ड नदेखाउन चेतावनी दिदै अहंकार देखाए कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने धम्की दिएका छन।

उनले आक्रोशित हुदै भने, ‘माओवादीले बडो मिहिनेत गरेर कांग्रेसको प्रधानमन्त्री बनायो तर अहंकार गर्‍यो भने हामीले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाएरै छाड्छौ’।

पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले भने, ‘कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ, यदि त्यस्तो भयो भने हामी उसलाई एमालेलाई जस्तै ठेगान लगाइदिनछौ’।

उनले भने, ‘हामीले राष्ट्र, संविधान र लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनायौ तर बुर्जुवाहरुले यसलाई गलत ढंगले लिए, हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा हाम्रो उद्देश्य राम्रो थियो, एमालेले यस्तो अहंकार र दम्भ बढायो, सबै हामी नै हो जस्तो गरेका थिए हामी त्यसका विरुद्धमा विद्रोहमा उत्रियौं र उसलाई ठेगान लगाएरै छाडेयौ’।

काँग्रेस प्रति निकै आक्रोशित भएका प्रचण्डले फेरि भने, ‘अहिले कांग्रेसमा पनि यस्तै भएको छ, हामीले मेहनत गरेर नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनायौं, हामीले अहिले पनि प्रधानमन्त्री भइराख्नुस् भनेका छौं हाम्रो अरु केही छैन’।

उनले भने, ‘फेरि कांग्रेसमा पनि एमालेको जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन स्थानीय तहमा पनि धेरै जस्तो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र केन्द्रमा पनि ठेगान लगाउने भने भने हामीले फेरि एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्ने छ’।

उनले अहंकार देखाउनेविरुद्ध माओवादीले सधैं विद्रोह गर्दै आएको उल्लेख गरे । स्थानीय निर्वाचनको तालमेल पूर्ण रूपमा नभए पनि मूलभूत रूपमा भने सफल भएको उनको भनाइ थियो ।

उनले भने, ‘हामीले धेरै ठाउँमा आफ्नो पार्टीभन्दा गठबन्धनमा भरोसा गर्‍यौं , त्यसो गर्दा हामीले धेरै ठाउँमा गुमायौं’।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको वैशाखी टेकेर दुई-दुई पटक प्रधानमन्त्री भए जस्तै कांग्रेस पनि माओवादीकै सहारमा प्रधानमन्त्री बनेको आरोप लागाए।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *