uml

एमालेले गर्‍यो बिद्रोही उम्मेदवारलाई कारबाही

National News News

The Mirror

स्थानी निकायको निर्बाचनको क्रममा एमालेले आफ्ना आधिकारिक उम्मेदवार बाहेक पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ।

मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवार विरूद्ध बिद्रोही उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का विशालराज महत, मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगर वडा नम्बर ११ का अक्कल क्षेत्री, वडा नम्बर १९ का रत्न ब्लोन र रमेश पौडेललाई आइतबार साधारण सदस्य पनि नरहने गरी एमालेले कारबाही गरेको छ।

पार्टीका मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठका अनुसार पार्टीका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासन गरिएको हो।

उनीहरूलाई उम्मेदवारी फिर्ता लिन समय दिइए पनि अस्वीकार गरेको देखिएकोले कारबाही गर्नुपरेको उनले बताए।

उनीहरूले स्थानीय चुनावका लागि विभिन्न पदमा उम्मेदवारी दिएका थिए।

पार्टीको नीति बिपरित जान कसैलाई पनि छुट नभएको एमाले ले जनाएको छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

रोल्पामा माओवादी विरुद्ध विप्लव, एमाले र कांग्रेसको तालमेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *