gagan thapa

‘एमालेले जस्तै कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन’

National News News

The Mirror

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने दाबी गरेका छन।

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन।

उनले भने, ‘गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको छ, मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन् घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ’।

उनले अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिनु पर्ने बताए।

उनले भने, ‘‘जनताको विश्वास र भरोसा नतोड्नुस, नतालाई परिवर्तनको महसुस गराउन सकेनौं भने राजनीतिक दल सम’स्यामा पर्नेछ, जनताको जीवनमा बदलाव ल्याउनु होला’।

[ref-anjulionline]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *