नेकपा(एमाले)ले माधब नेपाललाई सोधेका १० गम्भीर प्रश्नहरु [बुँदाहरू सहित]

National News News

The Mirror Desk,

काठमाडौँ, एमालेले माधब नेपाल सहित चार नेतालाई स्पस्टिकरण सोध्ने निर्णय गरे संगै १० गम्भीर प्रश्नहरु समाबेश गरेर पत्र पठाएको छ।एमाले माधब नेपाललाइ अनुशासन उलंघनमा ति गम्भीर प्रश्नहरु सोध्ने निर्णय गरेको हो। एमाले महासचिव इश्वर पोखरेलले केन्द्रीय कमिटीको निर्णयअनुसार नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गर्दै तीन दिनभित्र जवाफ दिने गरी स्पष्टिकरण सोधेका छन।

ति १० गम्भीर प्रश्नहरु के के हुन् ?

१) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापुर्ण आरोप’ तयार पार्न, पार्टी बिधानको ब्यवस्था बिपरित पार्टीको नाम, झण्डा र लोगोसमेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर बितरण गर्नमा अग्रसर भई प्रचण्डको मतियार समेत भई पार्टी हित बिपरित कार्य किन गर्नु भो?

२) पार्टीको बिधान बिपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानून बिपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधरण सदस्यसमेतबाट के–कुन आधारमा सडकबाटै कथित निस्काशनको निर्णय गर्नु भयो?

३) निर्वाचन आयोगमा आफ्नो पार्टीको बिधान र हित बिपरित पटक–पटक आफ्नै समेत सम्मिलित भई बिभिन्न प्रकारका अनाबास्यक र भ्रमपूर्ण निवेदनहरु किन गर्नु भयो?

४) पार्टी फुटाउने उदेश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समुह वा गुटले मात्र प्रयोग गर्ने/गराउने उदेश्यका साथ बिभिन्न भ्रमपूर्ण निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानु भयो र पार्टी फुटाउँदा के–कुन उदेश्य हासिल हुने थिय?

५) पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ४ गते गरिएको मौीखक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुप्योग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, बिभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, बिभिन्न पार्टी कमिटी तथा भातृ संगठनहरुको भेला गरी अनाधिकृत रुपले बिभिन्न कार्य गरी/गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो?

६) तपाई आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका बिरुद्ध संसद, सञ्चार माध्यम र सडकबाट निरन्तर बिरोध गरेको र आफ्नै सरकारका बिरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिइ छापामार शैलीमा अबिश्वासको प्रस्ताव तयार गरेर पार्टी प्रति अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो?

७) सम्मानीत सर्वाेच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दसौं, एघारौं र बाह्रौ बैठक र संसदीय दलको बैठकहरुमा समेत उपस्थित हुनुको साटो समानान्तर संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा बिभिन्न नामका कथित भेलाहरु आयोजना गर्नु र पार्टी र पार्टीको एकताबिरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु/गराउनुको उदेश्य के थियो?

८) बिपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीको नेताहरुलाई प्रधानमन्त्री बनाउन षडयन्त्र गर्नुको कारण के हो?

९) माधव नेपालहरु सके एमाले कब्ज गरेर, नसके बिद्राहे गरेर माओवादी केन्द्र सँग एकता गर्न आउनु हुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरु प्रति तपाईको मौन समर्थन रहनुको रहष्य वा कारण के हो?

१०) माथि उल्लेखित क्रियाकलापहरुका साथै तपाईले पार्टी हित बिपरित पार्टीको बैधानिक ब्यवस्था र कार्यक्रमको बिपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी बिधान तथा निर्णयबिपरित गुटबन्द तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उलंघन गरेको, पार्टीप्रतिको निष्ठा र बिश्वस नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र बिश्वसबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी अनेक कार्यहरु किन गर्नुभो र नेता तथा कार्यकर्ताहरुलाई पार्टी बिरुद्ध किन उक्साउनु भो?

माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिईएको छ। तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ।

[ref-Jtimes]

अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *