kp oli

एमालेले स्थानिय निर्बाचन हार्नुका मुख्य ४० कारणहरु

National News News

The Mirror

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको नतिजा करिब करिब अन्तिम चरणमा पुगेको छ।

यो समाचार तयार पार्दा सम्म कुल ७५३ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३०० भन्दा बढी पालिका तहमा जितेर पहिलो पार्टी बनेको छ।

२०७४ सालमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यतिखेर २०० हाराहारी पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको छ।

नतिजाअनुसार नेकपा एमाले २०७४ सालको निर्वाचनभन्दा २०७९ को निर्वाचनमा निकै कमजोर देखिएको छ। मुलुकका ६ वटा महानगरमा दह्रो उपस्थिति जनाएको एमालेले यसपटक एउटा महानगरमा पनि विजय हासिल गर्न सकेन।

सङ्गठनको हिसाबले सबैभन्दा शक्तिशाली भनिएको एमाले किन यसरी कमजोर हुँदै गएको छ भनेर केहि बुँदाहरु यसरि प्रस्तुत गर्न सकिन्छ।

१. एमालेबाट झलनाथ-माधव नेपाल निस्केर अलग पार्टी निर्माण गरेर शक्ति विभाजित हुनु।

२. पाँचदलीय गठबन्धन नेकपा एमालेविरूद्ध एक ढिक्का भई उसका विरुद्धमा प्रचारबाजी गर्दै राष्ट्रव्यापी रूपमा लाग्नु।

३. ठूला मिडिया हाउस र सञ्चारमाध्यमहरू नेकपा एमाले र अध्यक्ष केपी ओलीको विरुद्धमा खनिनु।

४. रेल, पानीजहाज, घरघरमा ग्याँसलगायत पुरा हुन् नसक्ने सपना बाडीरहनु।

५. विगतमा एमालेलाई प्राप्त जनमतको सदुपयोग नहुँदा जनतामा एमालेप्रति आक्रोश र अविश्वास बढ्दै जानु।

६. पार्टीका धेरैजसो नेता कार्यकर्ताहरूमा क्रान्तिकारिता र जनपक्षीय सोच हराउँदै जानु।

७. केन्द्रीय नेता र पार्टीले जे भन्छन् ती सबै जनताले अनुमोदन गर्छन्, स्वीकार गरिहाल्छन् भन्ने भ्रम नेतृत्वले राख्नु।

८. कतिपय स्थानमा समाजमा बदनाम भएका र अलोकपि्रय व्यक्तिलाई एमालेले उम्मेदवारका रूपमा उठाउनु।

९. उम्मेदवार चयनमा पार्टीमा योगदान, लगनशीलता र क्षमतावान् व्यक्तिभन्दा पैसावाला र दलालहरूलाई प्राथमिकता दिएकाले जनसमर्थन गुमाउनु।

१०. पार्टीभित्र मौलाएको गुटगत प्रवृत्तिलाई समयमै चिन्न र सम्बोधन गर्न नसक्नु।

११. जनप्रतिनिधिहरूलाई पार्टीको पूर्णतः नियन्त्रण, निर्देशन र अनुगमनअन्तर्गतको संयन्त्रमा नराख्नाले स्वेच्छाचारिता बढ्दै जानु।

१२. धेरैजसो जनप्रतिनिधिहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा व्यावसायिक बन्नु र कमाउधन्दामा सीमित हुनु।

१३. एमाले जनप्रतिनिधिहरूले गरेका राम्रा कामहरूको प्रचारप्रसार पार्टी च्यानलमार्फत गर्न नसक्नु।

१४. सम्बन्धित क्षेत्रका बारेमा सामान्य ज्ञानसमेत नभएका व्यक्तिलाई चाकडी गरेकै भरमा नियुक्त गर्नु।

१५. नेताहरूमा विलासी प्रवृत्ति बढ्नु, दम्भी, अहङ्कारी र स्वेच्छाचारी बन्दै जानु।

१६. अधिकांश उम्मेदवार पार्टी संगठनको भूगोल क्षेत्रमा काम नगरेका हुनु र कार्यकर्ता पङ्ति र आम जनतामा अपरिचित हुनु।

१७. पार्टीको सिङ्गो संरचना कार्यकर्ता र जनतामुखी हुनुपर्नेमा केन्द्रमुखी हुनु।

१८. पार्टीका नियमित बैठक, भेला र प्रशिक्षण नहुँदा कार्यकर्तामा सक्रियता नआउनु।

१९. पार्टी आम जनताबाट टाढिंदै जानु, अवसरवादी, दलालहरूको चंगुलमा पार्टी निरन्तर फस्दै जानु।

२०. जसरी पनि एमालेलाई हराउनुपर्छ भन्ने गठबन्धनका दलहरूको तयारी र रणनीतिलाई बुझ्न नसक्नु।

२१. सरकार पक्षीय पाँचदलीय गठबन्धनको घेराबन्दीलाई तोड्न नसक्नु र आफ्नै खालको आत्मरतिमा रमाउनु।

२२. प्रदेशको अस्थायी राजधानी बनिसकेको बुटवललाई स्थायी राजधानी कायम गर्न नसक्नु।

२३. उम्मेदवार छनोटमा केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरूबीचमै अन्तरद्वन्द्व।

२४. उम्मेदवार चयनमा पूर्व मुख्यमन्त्री शंकर पोखरेल र पूर्व अर्थमन्त्री विष्णु पौडेलबीच व्यक्तिगत टकराव बाहिर आउनु।

२५. समय छँदै उम्मेदवारहरूको टुङ्गो लगाउन नसक्नु, उम्मेदवारहरूले चुनावी तयारी पूर्ण र व्यवस्थित गर्न समय नपाउनु र असन्तुष्ट पक्षलाई समेट्न नसक्नु।

२६. बुटवलको सडकको दुरवस्थामा स्थानीय सरकारले आवश्यक पहल गर्न नसक्नु र पुनर्निर्माणका लागि केन्द्रीय सरकारलाई दबाव दिन नसक्नु।

२७. विज्ञ, बुद्धिजीवी, पाका, अनुभवी र योगदान दिएका व्यक्तित्वहरूलाई समेट्न नसक्नु।

२८. पार्टीमा सीमित व्यक्तिहरूको मात्रै बोलवाला रहनु र क्रियाशील सामाजिक संघ-संस्थाहरूलाई आफ्नो पक्षमा सक्रिय बनाउन नसक्नु।

२९. जनप्रतिनिधिहरू जनताका समस्या र पीर-मर्काका विषयमा भन्दा फगत उद्घाटन, शिलान्यास, शुभारम्भ जस्ता कार्यक्रममा सीमित हुनु।

३०. लामो समयदेखिको सुकुम्बासी समस्या समाधानका लागि द्रुत गतिमा काम गरी टुंग्याउनुपर्नेमा सोका नाममा राजनीति मात्र गरिरहनु।

३१. रूपन्देही जिल्लाका दीर्घकालीन योजना, नीतिनिर्माणका विषयका बारेमा भएका महत्वपूर्ण कामबारे जनतालाई जानकारी गराउन नसक्नु ।

३२. पार्टीबाट टिकट पाएपछि जितिहालिन्छ भन्ने भ्रम पाल्नु, पार्टी नेता र जनप्रतिनिधिहरूले गाउँ, टोलटोलमा गएर जनताका पीर-मर्का र समस्या नबुझ्नु ।

३३. पार्टीमा युवा विद्यार्थीलाई संगठित गर्न नसक्नु, जनतामा बढेको चेतनास्तर र जागरुकतालाई बुझ्न नसक्नु ।

३४. मत सर्भेक्षण हल्का र हचुवाको भरमा गरिनु, चुनाव सहजै जित्न सकिन्छ भन्ने गलत रिपोर्टिङलाई पार्टीले अति विश्वास गर्नु।

३५. एमाले सरकारका पालामा रूपन्देही जिल्लामा भएका विकास निर्माणका काम र दीर्घकालीन योजनाबारे पर्याप्त प्रचारप्रसार गर्न नसक्नु।[यो समाचार onlinekhabar मा छापिएको छ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *