‘एमालेसँग गरिएका सम्पूर्ण तालमेल खारेज’

National News News

The Mirror

सत्तागठबन्धनको आज बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले आफ्नो गठबन्धनबाहेक अन्य दलहरुसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनबाहेक गरिएका चुनावी तालमेल खारेज गर्ने सहमति गरेका हुन्।

गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो।

पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ।

‘पाँचदलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने, सहमतिको तीन नम्बर बुँदामा उल्लेख छ।

यस्तै गठबन्धन बाहिर रहेका दलसँग गरिएका तालमेल खारेज नगरेमा सम्बन्धित दलले तत्काल कारबाही गर्ने सहमति पनि सत्तागठबन्धनको बैठकमा निर्णय भएका छन।

केही जिल्लाहरूमा एमाले, राप्रपालगायत गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल भएका थिए।

स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन। त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन जारी समेत भइसकेको छ तर कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन। निर्वाचन कार्यतालिका अनुसार मनोनयन फिर्ता लिने समय आज रहेको छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *