maobadi

‘एमालेसँग चुनावी तालमेल गर्न प्रचण्डलाई आफ्नै नेताहरुको दबाब’

National News News

The Mirror

माओवादी केन्द्रका नेताहरुले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा एमालेसँग तालमेल गर्नुपर्ने दबाब पार्टी अध्यक्ष प्रचण्डलाई दिएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग वामपन्थी गठबन्धनका लागि छलफल र बहस चलाउन सुझाव दिए।

केन्द्रीय सदस्य रामकुमार शर्माले भने, ‘एमालेसँग पानी बाराबार गर्नु जरुरी छैन, अगामी दिनमा पनि छलफल र बहस गरेर जानुपर्छ, वामपन्थी एकता र गठबन्धन हुँदा पब्लिकलाई मतदान गर्न जुन सजिलो हुन्छ त्यो कांग्रेससँग गर्दा हुँदैन’।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग विश्वास घात गरेको नेताहरुको भनाइ छ।

नेता शर्माले भने, ‘स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई इमान्दारितापूर्वक मत हाले तर उसले हामीलाई कतिपय ठाउँमा मत नहालेको अवस्था देखियो, हामी जित्ने ठाउँमा कांग्रेसले अर्को उम्मेदवार उठायो’।

नेता शर्माले थपे, ‘अगामी चुनावमा फेरि पनि गठबन्धनमा जाने हो भने कांग्रेसलाई ५० प्रतिशत सिट दिनुपर्छ, बाँकी ५० प्रतिशत सिट गठबन्धन दलका अन्य पार्टीहरुलाई दिनुपर्छ, यो भयो भने माओवादी गठबन्धनमा गयो भने ठीकै हुन्छ, योभन्दा तल माथि भयो भने गठबन्धनबाट आगामी संघीय र प्रादेशिक चुनाव जानु ठीक छैन भन्ने जोडदार आवाज उठेको छ, यो भयो भने माओवादी पार्टी निर्णयक प्रकारले अगाडि आउँछ’।

कांग्रेसमा मात्रै भर नपरेर उता एमालेसँग पनि पार्टी बहस र छलफल चलाउनुपर्ने नेताहरुको जोड छ। ‘एमालेसँग पार्टी एकताको कुरा तत्काल नभए पनि गठबन्ध गरेर चुनावमा जाँदा जातै जाने कुरा होइन’ एक नेताले भने।

त्यस्तै बैठकमा नागरिकता विधेयक तुरुन्त पास गर्नुपर्ने आवाज उठेको छ। माओवादी सरकारमा हुँदाहुँदै नागरिकता विधेयक किन पास नभएको भन्दै सहभागी नेताहरुले नेतृत्वसँग प्रश्न गरेका छन्।

माओवादी पनि सरकारमा छ, जसपा पनि सँगै छ। कांग्रेसले कहीँ न कहीँ गठबन्धनलाई सत्ता चढ्ने भर्‍याङ त बनाएन भन्ने शंका गरेको नेताहरु बताउछन।

[ref-annapurna]

अन्तमा यो पनि…

v

Leave a Reply

Your email address will not be published. Required fields are marked *