Prachanda's proposal to reunite party with UML

एमालेसंग पुनः पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताब ओलीले मानेनन

National News News

The Mirror Desk

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका बरिस्ठ नेता माधव नेपाल लगायत चार नेताको कारबाही फिर्ता लिएर एमालेलाई २०७५ साल जेठ २ गतेको अवस्थामा जान सहमति जनाए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसंग पुनः पार्टी एकताको प्रस्ताव गरेका छन्। प्रचण्डले ओलीलाई फोन गरेर पुनः एकताको प्रस्ताव गरेका हुन्।

प्रचण्डले ओलीलाई फोनमा भने, ‘तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो?’

जवाफमा ओलीले प्रचण्डलाई भने, ‘हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छु, के तपाइले अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो?’

प्रचण्डले भने, ‘२०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि’।

एमाले अध्यक्ष ओली र एमाले बरिस्ठ नेता माधव नेपालबीच पार्टीलाई २०७५ जेठ २ कै अबस्थाबाट अगाडि बढाउने सहमति भएको बाहिरिएको छ। यसैलाई संकेत गर्दै प्रचण्डले ०७५ जेठ २ मा नपुगी गत भदौमा पुग्दा नेकपा नै ब्युताउने प्रस्ताव गरेका हुन्

पुनः एकताकै रूपमा पार्टीलाई अगाडि बढाउने प्रचण्डको प्रस्तावको जबाफमा ओलीले ‘म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गर्छु’।

[ref-update nepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *