The Mirror
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता तथा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी बिषयमा पिएचडी गरिरहेका युवा मंगल थापाले एमाले अध्यक्ष ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग गरेका छन।
ओलीले प्रधानमन्त्री भएका बेला गरेको कामको उच्च मूल्यांकन गर्दैै राष्ट्रपिता घोषणा गर्नु पर्ने माग थापाले गरेका छन्।
समकालिन नेपालको राजनितिमा ओली जत्तिको देशप्रेमी र राष्ट्रवादी नेता अरु कोही नभएको भन्दै थापाले यस्तो माग गरेका हुन।
नेता थापाले ओली प्रधानमन्त्री भएका बेला नेपालको नक्सानै परिवर्तन गरिदिएको स्मरण गराउँदै लिम्पीयाधुरा र लिपुलेक समेटिएको नक्सा जारी गर्ने काम ओली बाहेक अरु कसैले गर्न नसक्ने बताउदै ओली राष्ट्रपिता भएको बताए।
उनी सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकार माथी जनतामारा सरकार भन्दै खनिए। यो सरकारको रबैयाका कारण गरिब जनताले भोकै मर्नु पर्ने अवस्था आएको भन्दै उनले आक्रोस पोखेका छन।
नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपालले गद्दारी गरेको भन्दै थापाले एस पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि आक्रोस पोखेका छन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको त नेपाली राजनितिबाट अस्तित्वनै समाप्त भएको जिकिर पनि उनले गरेका छन।
मूलुकमा अब दुई दलको मात्रै अस्तिव रहने भन्दै थापाले अब सबैले कित एमाले कित काग्रेस बन्नुको विकल्प नभएको दाबी गरेका छन। पूर्व संचारकर्मी रवि लामिछानेले हालै घोषणा गरेको पार्टीले पनि केहि पार लगाउँन नसक्ने ठोकुवा उनले गरेका छन।
रवि लामिछानेको पार्टीको आयु जम्मा ७ बर्षको हुने ठोकुवा गदैै थापाले आगामी प्रतिनिधीसभाको निर्वाचनमा रवि लामिछानेको पार्टीले उत्पातै गरे जम्मा एक सिट जित्ने दाबी गरेका छन। टिभिमा कराए जति सजिलो राजनिती गर्न नहुने भन्दै उनले रवि लामिछानेलाई पाठ पढाएका छन।
[ref-shresu]
अन्तमा यो पनि…