The Mirror Desk
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्।
वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको समय भित्र कुनै दलले पनि बहुमतको दाबी नगरेपछि ठूलो दलको नेताको हैसियतमा ओली पुन प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्री भएको एक महिनापछि ओलीले संसदमा फेरि पनि विश्वासको मत लिनुपर्ने हुन्छ। यदि विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्। ओली पदमुक्त भएर संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री बन्ने अवस्था फेरि आउनसक्छ।
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने र एमालेभित्रकै एक समुहले नयाँ सरकार बनाउने कसरतमा लागेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन सिफारिस गरेका थिए।
ओलीले आन्दोलनकै क्रममा डेढ दशक लामो कारागार जीवन पनि बिताएका थिय। उनी विसं २०७१ असारमा एमालेको निर्वाचित अध्यक्ष भएपछिको आम निर्वाचनमा एमाले ठूलो दलको हैसियतमा जनमत प्राप्त गर्न सफल भएको थियो।

[ref-setopati]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team