‘एमाले अध्यक्ष केपी ओलीको बैठकले गरेका ९ मुख्य निर्णयहरू'[बुदाँहरु सहित]

National News News

The Mirror Desk,

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले निम्न ९ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ, जुन यस प्रकार छन्…

१) चार नेताहरुलाई स्पष्टीकरण सोध्ने:- पार्टीको हित् विपरित राष्ट्रिय भेला आयोजना गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

२) रामकुमारी झाँक्रीको वेट पुगेन:- केन्द्रीय कमिटी बैठकले नेतृ रामकुमारी झाँक्रीमाथिको स्पष्टीकरण पुनर्विचार गरेको छ। प्रधानमन्त्रीले झाँक्रीको वेट नपुगेको भन्दै उनलाई स्पष्टीकरण नसोध्ने बताएका हुन्। बैठकमा ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको वेट नपुगेको भन्दै अन्य सदस्यलाई विश्वस्त गराएका थिए।

३) आत्मसमिक्षाका साथ फर्किनेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिईने:- आत्मसमिक्षाका साथ फर्किनेलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ। उहाँहरूले आफूलाई गम्भीर रुपमा आत्मसमीक्षाका साथ पार्टीमा फर्किने लाइ जिम्मेवारीपूर्वक पार्टीको काममा लगाइने छ।

४) मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने:- बैठकले २०७८ मंसिर २ देखि ६ गतेसम्म नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। विद्यमान २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको छ।

५) विधान संशोधनको जिम्मा अध्यक्ष ओलीलाई:- बैठकले पार्टीको विधान संशोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ। यो सँगै संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पार्टी अध्यक्षलाई हुनेछ।

६) केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन:- बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजनको प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

७) संसदीय दलको संशोधित विधान अनुमोदन:- बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। शनिबार बिहान बसेको संसदीय दलको बैठकले पारित गरेको विधान केन्द्रीय समितिबाट अनुमोदन गरिएको छ।

८) मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने:- नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउने निर्णय गरेको हो। शिलान्यासको तयारी र जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ।

९) आन्दोलन नयाँ ढंगले अगाडि बढाइने:- अनुशासित, जनआधारित, चुस्त र अझै सशक्तका साथ राष्ट्रिय राजनीतिलाई डोर्‍याउन सक्ने नयाँ शक्तिको रुपमा पार्टीलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

[ref-setopati]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *