UML

‘एमाले अर्को फुटको नजिक, पार्टीको ठुलो तप्का बाहिरिन सक्ने’

National News News

The Mirror

नेकपा एमालेले घनश्याम भुसालमाथि कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट।

स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए। उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए।

एमाले बैठकमा भुसालले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको सूचना पाएपछि ओलीले केशव बडाललाई लगाएर अनुशासनको कारबाही अगाडि बढाउन लगाए। भुसाललाई सम्भवत एमालेबाट निष्काशन हुन सक्छ।

उनले पनि त्यसको सामना गर्न पूर्वतयारी गरिसकेको बुझिएको छ। भुसालको साथमा एमालेका ३० भन्दा बढी केन्द्रीय सदस्य रहेको बताएको छ। योगेश भट्टराईले पनि साथ दिएमा त्यो संख्या ५० को हाराहारीमा पुग्न सक्छ। योगेशले साथ दिने या नदिने स्पष्ट छैन तर भुसाल अगाडि बढिसकेका छन्।

कुनैपनि बेला कारबाहीको निर्णय भएमा भुसाल विद्रोह गर्ने तयारीमा छन्। उनले आफ्नो साथमा रहेका केन्द्रीय सदस्यहरुसहित एमाले छाड्ने सम्भावना बलियो भएको छ। यसैगरी, विगतमा माधवकुमार नेपालसँग नजिक रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, रघु पन्तलगायत नेताहरु पनि ओलीको पेलाईमा पर्दै गएका छन् । उनीहरु पनि ओलीलाई बाम एकताका लागि दबाब दिइरहेका छन् तर ओली टसमस भएका छैनन्।

यसरि भुसालमाथि निस्काशाको कारबाही भएमा यी माथिका साथै ओली प्रति रुस्ट नेता तथा कार्यकर्ताको ठुलो समूह पार्टीबाट बाहिरिन सक्ने सम्भाबना निकै प्रबल रहेको अनुमान गरिन्छ।

ओली, प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउने दबाब सृजनामा बामदेव गौतम भित्र भित्र लागेका छन्। तर, यो सजिलो देखिएको छैन। ओली लचिलो नभए संसदको चुनावसम्म प्रचण्ड र माधवकुमार नेपालसहितको ओलीबाहेकको वाम शक्ति एक बनाउने गरी गौतम लागेका छन्।

तर पनि गौतमलाई यो कुरा फलामको चिउरा सरह हुनेछ।

[ref-prabhavnews]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *