manakamana cablecar

एमाले घोषणा पत्र:- कठिन बस्तीहरुमा केबुलकार विस्तार गर्ने

National News News

The Mirror

नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा चुनावी घोषणा पत्र जारी गर्दै मोटरबाटो पुग्न कठीन बस्तीहरुमा केबुलकार चलाउने प्रस्ताव अघि सारेको छ।

घोषणा पत्रमामोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ।

त्यस्तै प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने अवधारणा एमालेले लिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा यस्ता संकल्प गरिएका हुन्। पार्टीका नेताहरूले चुनाव जितेपछि लिने नीति र व्यवहारलाई एमालेले जनतासँग ‘संकल्प’ भनेको छ। घोषणापत्रमा  भ्रष्टाचार नगर्ने र गर्नेलाई कडा कारबाही गर्ने उल्लेख छ। छोटो समयमा नै मुलुकलाई  समुन्नत र सबल राष्ट्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ। 

त्यस्तै सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने र जथाभाबी डोजर प्रयोगलाई निरुत्साहित गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ।

त्यस्तै ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने र यातायात सुविधान पुगेका पालिकाहरु अटो भिलेजको विकास गर्ने घोषणा पत्रमा उल्लेख छ।

प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेको छ। सकुुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या सदाका लागि समाधान गर्ने एमालेको प्रतिबद्धता छ। 

त्यस्तै विद्युतीय सवारी साधन लगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र यससम्बन्धी आवश्यक पूर्वाधार विकास गर्ने अवधारणा एमालेले लिएको छ।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *