President's proposal to form a new government led by Nepal to save UML

एमाले बचाउन माधब नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने राष्ट्रपतिको प्रस्ताव

National News News

The Mirror Desk

सत्तारुढ दल एमाले अस्तव्यस्त भएको छ। पार्टी भित्रको मुख्य कुरा के हो भन्ने कुरा पनि कसैलाई थाहा छैन। आजभोली केहि युबा नेता हरु पार्टी जोगाउन भन्दै केहि सक्रिय भएका छन्।

यो क्रममा राष्ट्रपति बिद्या देबी भण्डारीको पनि प्रवेश भएको छ। पार्टीलाई विभाजन हुनबाट बचाउन भन्दै माधब नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राष्ट्रपतिले अगाडी ल्याएकी छन्। पार्टीको एकता बचाएर लैजानु पर्नेमा राष्ट्रपतिको जोड रहेको दाबी गरिएको छ।

आफुलाई भेट्न आएका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति भण्डारीले यस्तो नयाँ खालको प्रस्ताव गरेको बताइएको छ।

सितल निबास स्रोत भन्छ, ‘पार्टीका नेता माधव नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राष्ट्रपति भण्डारीले गर्नुभएको छ’।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री के पी ओलीबीच सोमबार राती भएको भेटमा यस्तो प्रस्ताव राखिएको कुरा बाहिर आएपनि प्रधानमन्त्रीको कार्यालयले यसबारे केहि प्रतिक्रिया जनाएको छैन।

[ref-janadesh khabar]

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *