Five-party alliance against UML in the upcoming elections

एमाले बिरुद्ध आगामी निर्बाचनमा पाँच दलिय गठबन्धन

National News News

The Mirror Desk

प्रधानमन्त्री वा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधब नेपाल र झलनाथ खनाल सहित ११ जना लाइ पार्टी बाट निष्काशन गरेपछि ‘नेपाल-खनाल’ समुह ओली बिरुद्ध क्रुद्ध बनेको छ।

त्यसकारण उक्त समुहले ओली बिरुद्ध मोर्चाबन्दी सुरु गरेको छ। यसै क्रममा पाँच दलको गठबन्धनले आगामी निर्बाचनमा ओलीको बिरुद्ध एक जुट हुने निर्णय गरको छ।

त्यसकारण विपक्षी पाँच दलले संविधान र लोकतन्त्र दिगो रहने बलियो आधार निर्माण नहुँदासम्म गठबन्धनलाई निरन्तरता दिने जनाएका छन्। यी पाँच दलले प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) अनुरुप राष्ट्रपतिसमक्ष संयुक्त दाबी पनि पेस गरेका छन।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको ‘नेपाल-खनाल’ समूह, जसपा को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा लोकतन्त्र र संविधानको सुनिश्चितताका लागि लामो समयसम्मै गठबन्धन गर्ने निष्कर्षमा पुगेका हुन।

मंगलबारको बैठकमा आएको गठबन्धन लामो समय टिकाउने प्रस्तावबारे सभापति देउवाले आफ्नो पार्टी पदाधिकारी बैठकमा जानकारी गराएका थिय। लोकतन्त्रको रक्षाका लागि सत्ताबाट ओलीको र राष्ट्रपतिबाट भण्डारीको बर्हिगमन अपरिहार्य भएकोले उनीहरूलाई हटाउन गठबन्धन गर्नेमा अन्य नेताहरूले समर्थन जनाएका थिए।

कांग्रेसका शेरबहादुर देउवा, माओवादीका प्रचण्ड एमालेका माधब नेपाल, जसपाका उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो।

गठबन्धनका नेताहरुले के पी ओलीका बिरुद्ध एक्लै लड्न नसकिने निष्कर्ष निकालेको थियो। यो गठबन्धन कमसेकम आगामी निर्बाचन सम्म कायम रहने कुरामा सबै नेताहरु एकमत भएका थिए।

यस्ता गठबन्धन धेरै बने पनि कुनै पनि लामो समय सम्म टिक्न सकेको छैन। अब हेरौ यो एमाले बिरुद्ध पाँच दलिय गठबन्धन कति टिक्छ?

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन…?

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *