The Mirror Desk,
काठमाडौँ, विभाजनको डिलमा रहेको सत्तारुढ दल एमाले ओली समुहको संसदीय दलको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएको कुरा प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
संसदीय बैठकहरू राखेर ‘नेपाल-खनाल’ समुहका जति सक्यो उति सांसद आफूतिर तान्ने प्रधानमन्त्री ओलीको रणनीति रहेको जनाइएको छ। त्यसैकारण पनि प्रधानमन्त्रीले संसदीय बैठकमाजोड गरिरहेका छन।
गत फागुन २८ मा अध्यक्ष ओलीले एकलौटी हिसावले निर्णयहरू गरेकोले उक्त निर्णय फिर्ता लिन ‘नेपाल-खनाल’ समुहको माग छ। ओलीले महाधिवेशन तोक्नेदेखि नेकपा माओवादी केन्द्रका २३ जना नेतालाई एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए।
विवाद बढेका बेला ‘नेपाल-खनाल’ समूहले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेलाको सुरु गरेको छ। आज पनि उक्त समुहको भेला जारी रहेकोले संसदीय दलको बैठकमा उपस्थित हुन नसकिने कुरा उक्त समूहका नेता योगेश भट्टराईले बताएका थिए।
[ref-setopati]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons