yogesh bhattarai

‘एमाले सरकारमा आएपछि नागरिकता विधेयक खारेज गर्छ’

National News News

The Mirror

एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्‌बाट बलपूर्वक पारित गरेको रास्ट्रघाती नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताएका छन।

आइतबार रामेछापको मन्थलीमा पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्‌मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेकोमा आपत्ति पनि जनाए।

यदि यो रास्ट्रघाती हो भने एमालेको सरकारले खारेज गर्ने वा सच्चाउने पनि उनले बताए।

भट्टराईले भने, ‘दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन, त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानुनलाई सुधार गर्छ‚ नागरिकताको सवाल ख्यालख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान उनले आग्रह पनि गरे।

उनले आसन्न निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने पनि बताए। संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको कांग्रेस बिस्तारै पतनको बाटोमा जाने उनले भनाई थियो।

वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने बताए।

भट्टराईले भने, ‘कानुनबाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भए पनि माधवजी र प्रचण्डहरू शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएका छन’।

[ref-ekantipur]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *