elon musk

विश्वका धनि व्यक्ति एलन मस्कसँगको नाता तोड्न मुद्दा दायर

Business Science & Technology

The Mirror

आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छन।

१८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी हुन।

सान्टा मोनिकास्थित लस एन्जल्स सुपेरियर कोर्टमा उनले नाम परिवर्तन तथा नयाँ जन्मदर्ताका लागि गत अप्रिलमा निवेदन दिएकी भएपनि बल्ल सार्वजनिक भएको हो।

आफ्ना अर्बपति बुवा एलन मस्कसँग उनकी छोरीले किन नाता सम्बन्ध विच्छेद गर्नका लागि अदालत गुहारेकी हुन् भन्ने प्रष्ट भएको छैन।

मस्कले क्यानेडियन लेखिका जस्टिन विल्सनसँग सन् २००० मा बिहे गरेका थिए र उनीहरुबाटै ती छोरीको जन्म भएको थियो। जस्टिन र मस्कबीच सन् २००८ मा सम्बन्ध विच्छेद भयो।

मस्क र जस्टिनबाट सन् २००२ मा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो। नेभादा नामका ती शिशुको १० हप्तामै मृत्यु भएको थियो ।

मस्क र जस्टिन दम्पत्तिका दुई जुम्ल्याहा छोरा जेभिएर र ग्रिफिन तथा तिम्ल्याहा छोरा डेमियन, काइ र स्याक्सन छन्।

छोराको रुपमा जन्मिएका तिनै जेभिएर पछि समलिंगी महिला बनिन् र हाल लिंग परिवर्तन र नाम परिवर्तनसँगै बुवासँगको नाता तोड्नका लागि अदालतमा पुगेकी छिन् ।

त्यस्तै मस्कले प्रेमिका ग्रिम्सबाट थप दुई सन्तान जन्माएका छन् जसको नाम X Æ A-Xii र Dark Sideræl राखेका छन।

बुवाका विश्वको नम्बर वान धनी व्यक्ति भएपनि मस्कका छोराछोरीहरु भने लो प्रोफाइलमै रहेका छन।

गत जुन १९ मा अन्तराष्ट्रिय पिता दिवसको अवसरमा एक ट्वीट गर्दै मस्कले आफुले आफ्ना सबै सन्तानलाई धेरै माया गर्ने उल्लेख गरेका थिए ।

समलिंगी तथा तेश्रो लिंगीका विषयमा विभिन्न अभिव्यक्ति दिने गरेका मस्क समलिंगी कानूनका विरोधीका रुपमा चिनिने गरेका छन।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *