The Mirror Desk,
काठमाडौँ, अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क अमेजनका जेफ बेजोसलाई पछि पर्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमबर्गले दिएको जानकारीअनुसार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी बनेका हुन्। धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्।
ब्लुमबर्गले दिएको पछिल्लो जानकारी अनुसार उनको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका सीईओ जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ।उनको कार कम्पनी टेस्लाको सेयर मूल्यमा निरन्तरको वृद्धि आएका कारण यस्तो भएको हो।
बिहीबार कम्पनीको शेयरको भाउ बढेसँगै उनको सम्पत्ति एक खर्ब ८८ अर्ब ५० करोड डलर पुगेको छ। जुन बेजोसको भन्दा एक अर्ब ५० करोड डलर बढी हो। अहिले टेस्ला कम्पनी विश्वको सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो। सबैको लागि सन् २०२० कठिन रहेपनि एलन मस्कका लागि पछिल्लो १२ महिना निकै शानदार रह्यो। लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १५० बिलियन वृद्धि गर्न सफल भएका छन्।

दक्षिण अफ्रिकामा जन्मिएका इन्जिनियर मस्क लाई टेस्लाको सेयरमा बलियो विश्वास थियो र उनलाई यसैले फाइदा पुर्यायो। यसबाहेक मस्कसँग स्पेस एक्सको ठूलो हिस्सेदारी छ जुन लगभग १४ बिलियन अमेरिकी डलर छ।
[ref-bbc]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Ico