एलोन मस्क बने विश्वकै दोस्रो धनी,बिल गेट्स तेस्रो।

International News Science & Technology

काठमाडौं। बिल गेट्सलाई उछिन्दै टेस्ला कार र स्पेस एक्स रकेटका मालिक युबा ब्यापारी एलोन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो । यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा तेस्रो स्थानमा आएका थिए।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ रहेका मस्क सबैभन्दा धनी मानिसको सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि छन् । बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन्। टेस्ला कार र स्पेस एक्स रकेट को शेयर बजारमा निकै राम्रो भयपछि उनले यो सम्पति आर्जन गरेका हुन। उनि युवाहरुको लागि निकै प्रेरणा को स्रोत पनि हुन।Source-onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *