UML

ओलीको क्षेत्रमा एमालेको धमाका

National News News

The Mirror

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो।

मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तारा अधिकारीले १ हजार २ सय ६३ मत ल्याएका थिए ।

यसैगरी महिला सदस्यमा तारा खपतरी र दलित महिला सदस्यमा नविना मोहोराले क्रमशः १ हजार ३ सय १६ र १ हजार ३ सय ९ मत ल्याएका छन।

खुला सदस्यमा रघुवीर बुढाथोकी र राजकर्ण राईले क्रमशः १ हजार २ सय ६६ र १ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएका छन।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *