The Mirror
झापाको बहुचर्चित दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा विजयी भएका छन।
थापा २५ हजार ५२५ मत ल्याएर दमकको मेयर निर्वाचित भएका हुन।
थापाका प्रतिस्पर्धी नेकपा एमालेकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन।
थापाको विजयलाई राप्रपाका शिर्ष नेताहरुले पार्टीको रणनीतिक विजय भएको बताएका छन।
एमालेकी मेयर उम्मेदवार अधिकारी यसअघि सोही नगरपालिकाको उपमेयर थीइन।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना प्रसाई विजयी भएकि छन्। प्रसाईले १७ हजार ७२ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६ हजार ५७४ मत पाउनु भएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर एवं निर्वाचन क्षेत्र भएकाले दमक नगरपालिकाको चुनावी परिणामलाई लिएर सबैतिर चासोका साथ हेरिएको थियो।
एमाले बिरुद्ध त्यहाँ कांग्रेस,माओवादी केन्द्र र राप्रपाले चुनावी गठबन्धन गरेका थिए। दमकमा लामो समयदेखि एमालेको पकड रहेको थियो ।
[ref-imagekhabar]
अन्तमा यो पनि…