KP Oli

ओलीको तिखो टिप्पणी, ‘कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप’

National News News

The MIrror

मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति निकै कडा खालको टिप्पणी गरेका छन।

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले तिब्र आक्रोश पोखे।

उक्त स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन।

उनले कडा टिप्पणी गर्दै भने, ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन, त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन, पागलहरूको प्रलाप हो त्यो, मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन’।

उनले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गर्दै त्यसमा आपत्ति समेत प्रकट गरे।

उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ, त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन, त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *