The Mirror Desk,
काठमाडौँ, नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रियामा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दै नेता एमाले नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताएका छन।
उनले निकै गम्भीर मुद्रामा भने, ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो, आज म अप्ठेरो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ, सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ’।
के पी ओलीले समेत आफुलाई एमालेबाट समेत निष्कासन गर्ने स्थितिको अनुमान गर्दै त्यसबाट आफू नडराउने प्रस्ट पारे। यदि कुनै दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बनेपनि आफु त्यस्ता कुराबाट डराउनेवाला नभएको बताए।
नेपालले प्रधानमन्त्रीसँग आफ्नो कत्ति पनि विश्वास नभएको बताए। प्रधानमन्त्री ओलीले गठबन्धनको सरकार बनाउने भन्दा पनि संसद्को ठूलो दलको हैसियतमा सरकार बनाएर प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको दाबी गरे।
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team