‘ओलीले एमाले चलाउन सकेनन, अब उनलाई हटाएर मैले समाल्नुपर्छ’:- नेपाल

National News News

The Mirror Desk,

काठमाडौँ, एमालेको ‘नेपाल-खनाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पार्टीमा कार्यवाहक नेतृत्वको तयारीलाई आगामी कामको रुपमा सारेका छन्।

उनको प्रतिवेदनमा एमाले र कम्युनिस्ट एकताको रक्षाका लागि कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। विधिविधानको पुनस्र्थापना र विकास र गुटका निर्णयहरु खारेज गर्नुपर्ने विषय उल्लेख छ।

प्रतिवेदनमा संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्र्यमा खतरा र कम्युनिस्ट पार्टी तथा समाजवाद विरोधी शक्तिको खतराको विषय समेत छ।

ओलीले पार्टी चलाएदेखि पार्टीले कम्युनिस्टको मूल्य र मान्यता गिरेको भन्दै उनमा पार्टी हाक्ने खुबी नभएको दाबी गरिएको छ। अब पार्टी आफ्नो हातमा लियर आफुले हाक्नु पर्ने बताइएको छ।

निष्कर्षमा पार्टी अध्यक्ष ओलीको कदमलाई तानाशाही र स्वेच्छाचारी भन्दै त्यसको विरोध गर्न र एमाले एकताको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आव्हान गरिएको छ। २८ फागुनका अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेका थिए।

[ref-Nrajnitik]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *