ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक नौंटङ्की, कोहिपनि नजानु-: प्रचण्ड

National News

काठमाडौँ, अहिले हाम्रो राजनीतिक निकै दुषित बन्दै गैरहेको छ। सतारुढ दल त सारै तल्लो स्तरमा झरेर एकले अर्कालाई गिराउन हात नै धोएर दुवै समूह लागिरहेका छन।एकले अर्कोलाइ अबैधानिक र आफु बैधानिक भएको दाबी समेत गर्दै आएका छन्।

यसै बिचमा दुवै समुहले केन्द्रिय कमिटिको बैठक बोलाएका छन। तर पनि आ-आफ्नो बैठक मात्र बैधानिक भएको दाबी समेत गरेका छन। प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको केन्द्रीय कमिमटीको बैठक अवैध हुने बताएका छन। उनले मंगलबार दिउसो १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटीको बैठक नै वैध र आधिकारिक हुने बताए। प्रचण्डले भने, ”भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक वास्तविक हुनेछ, बालुवाटारमा बस्ने कथित बैठक नौटंकी मात्रै हो कोहि पनि नजानु होला” उनले थपे हाम्रो निर्णयबारे निर्वाचन आयोगलाई समेत औपचारिक रुपमा जानकारी गराइएकोले ओलीले बोलाएको बैठकले बैधानिकता नपाउने दावी समेत गरे। ”प्रचण्ड-नेपाल” समुहले आफूहरुको पक्षमा झण्डै दुईतिहाई नेताहरु रहेकोले आफले गर्ने सबै गतिबिधि बैध भएको दावी समेत गरे।

छुट्टाछुटै बैठक बोलाउने क्रममा ”प्रचण्ड-नेपाल” समुहले कार्की पार्टी प्यालेसमा भोलि बैठक बोलाएको छ भने ओली समुहले बालुवाटारमा बोलाएको छ।

[ref-news24]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *