‘ओलीले मधेसका जनताको पक्षमा संविधान संशोधन गर्न दिएनन’-प्रचण्ड

National News News

The MIrror

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन।

प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार संशोधन र परिमार्जनको प्रस्ताव केपी ओलीकै कारणले हुन नसकेको दाबी गरे।

उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक सम्म संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गर्यौ तर ओलीले छलफल सम्म गर्न दिएनन’।

उनले अगाडी भने, ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिए तर उक्त प्रस्ताव केपी ओलीकै कारणले हुन सफल हुन सकेन’।

उनले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे।

उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए। गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे ।

[ref-dhankutakhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *