ओली नेतृत्वको सरकारद्वारा संसद् विघटन गर्ने सिफारिस

National News

काठमाडौँ, सत्तासिन पार्टीका दुइ अध्यक्षको जुङ्गाको लडाइले अब निकै नै गम्भीर मोड लिएको छ। यौ लडाइ कुनै नीति सिद्दान्त र आस्थाको नभई व्यक्तिगत भएको कुरा स्पस्ट छ। भरखरै प्राप्त समाचार अनुसार “जे पनि हुनसक्छ” का बीच प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कुरा मन्त्री वर्षमान पुनले बताएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। नेपालको संविधानमा संसद् विघटनसम्बन्धी स्पष्ट प्रावधान छैन। सत्तारूढ नेकपामा विद्यमान आन्तरिक विवादका माझ प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव लगेका हुन्। अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल तथा झलनाथ खनालले ओलीलाई पार्टी तथा सरकार स्वेच्छाचारी तथा एकपक्षीय ढङ्गमा चलाएको आरोप लगाउँदै आएका थिए।

संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालबारे उल्लेख गरिएको छ। उक्त धाराको उपधारा (१) मा भनिएको छः- यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ। यो नेपाली जनताको ठुलो अपमान हो। जनताले दुइ तिहाइ भोट दिएर पनि देश चलाउन नसक्न्नु निकै दुखद कुरा हो। आजै मात्र प्रधानमन्त्री के पी ओली ले अर्का अध्यक्ष प्रचण्ड, बामदेब, रामबहादुर थापा लगायतलाइ भेटेका थिए। हेर्दै जाउ अब के के हुन्छ? [ref-bbcnepali]

Leave a Reply

Your email address will not be published. Required fields are marked *