The Mirror Desk
एमाले भित्र अराजकता उस्तै छ। अध्यक्ष केपी ओलीले गरेको एकता आब्हानलाइ युबा पुस्ताका नेताहरुले स्वागत गरेका छन्। तर पुराना पुस्ता भने आफ्नै धुनमा छन्।
यो बिषयमा युबा नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेताहरू नै एकता र समस्या समाधानको बाधक भएको दाबी गरेका छन्। उनले सोसल मिडिया फेसबुक मार्फत यस्तो असन्तुष्टि जनाएका हुन्। अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नै पार्टी एकताको समस्याका रूपमा देखापरेको भट्टराई को टिप्पणी रहेको छ।
भट्टराईले लेखेका छन…
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’।
‘कसले किन र केका लागि यो सबै गर्दैछ भनी उनले प्रश्न पनि गरेका छन्। ‘एमाले एकता र समस्या समाधानको समस्याको मूल जड यहीँ छ। यस विषयमा कमरेडहरूबीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ’, भट्टराईले भनेका छन्।
भट्टराईको फेसबुक स्टाटास…

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन…
यो भिडियो हेर्नुहोस…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team