ओली बिरुद्ध अन्तिम र निर्णायक लडाईँ सुरु, उनलाई पछारेरै छाड्छौ’:- रामकुमारी झाँक्री

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधब नेपाल समुहलाई थाहै नदिई एकलौटी ढंगबाट पार्टी नेतृत्व तहमा गरेको ब्यापक हेरफेरपछि नेकपा एमालेभित्र विवाद निकै चर्किएको छ।

नेपाल समुहका नेताहरुले सो कदमको तिब्र आलोचना गरेका छन् भने पार्टी बाहिर बाट पनि उनीप्रति आलोचना सुरु भएको छ।केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन्। योगेश भट्टराई, भिम रावल, घनश्याम भुसाल र बामदेब गौतमले आक्रोश पोखेका छन्।

यसै क्रममा ओलीको तिब्र आलोचकको रुपमा चिनिएकी रामकुमारी झाक्रीले पनि सोसल मिडियामा एक स्टाटस लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन के पी बिरुद्ध हुने पनि बताएकी छन्।

उनले लेखेकी छन्

‘जे भइरहेको छ यो एकदमै गलत हो, विधानविपरीतको यो ज्यादती हो, कम्युनिस्ट आन्दोलनको विसर्जन हो, हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं, यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ, साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ’।

[res-Spati]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *