The Mirror Desk,
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत ‘प्रचण्ड-नेपाल’ समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ। चीन, भारत, अमेरिका र युरोपेली युनियन लगायतको समर्थन खोजिरहेको उक्त समुहका शीर्ष नेताहरुले बताएका छन्। अनौपचारिक रुपमा विभाजित सो समूह सडक आन्दोलनमा छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै समुहका अध्यक्षद्वय प्रचण्ड र नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएकोले आफुले अन्तर्राष्ट्रिय समर्थन खोजेको बताए।

समुहका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौ र अलग–अलग भेटेर पनि कुरा गरिसकेका छौं, अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत गर्न सकिने छ’। एक/डेढ वर्षपछि आम निर्वाचन हुने भएकाले आफूहरुले तयारी गरिसकेको भन्दै उनले हाम्रो पार्टी निर्वाचनबाट भाग्ने वा निर्वाचन विरोधी हुनै नसक्ने पनि बताए।
आफ्नो समुहले ओली बिरुद्ध बिजय नभएसम्म आन्दोलन जारी राख्ने पक्ष्यमा रहेको पनि बताए। उनले आफु प्रधानमन्त्री बिरुद्ध जस्तोसुकै कदम चाल्न र जो सुकै संग पनि मिलेर जान सक्ने बताए।
[ref-onlinekhabar]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon