uml and rpp

‘ओली बिरुद्ध झापामा सत्ता गठबन्धन,रेणु बिरुद्ध चितवनमा एमाले’

National News News

The Mirror

सत्तापक्ष र विपक्षी गठबन्धनबीच चुनावी ध्रुवीकरण भइरहेका वेला राप्रपाले भने आवश्यकताअनुसार दुवै पक्षसँग तालमेल गरेर लाभ लिने नीति अपनाएको छ । अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा एमालेलाई हराउन सत्तागठबन्धनका कांग्रेस र माओवादीसँग राप्रपाले तालमेल गरेको छ ।

उता, भरतपुर महानगरलाई केन्द्रमा राखेर एमालेले चितवनमा राप्रपासँग तालमेल गरेको छ । सत्तागठबन्धन र विपक्षी गठबन्धनमा राप्रपाको सहभागिताले झापा र चितवनमा निर्वाचन पेचिलो हुने भएको छ ।

दमक नगरपालिकामा पहिलो शक्ति रहेको एमालेलाई हराउन तीन दलले तालमेल गरेका हुन् । ०७४ को परिणामअनुसार दमकमा राप्रपा दोस्रो, माओवादी तेस्रो र कांग्रेस चौथो शक्ति हो । सो निर्वाचनमा एमालेका रोमनाथ ओली १० हजार ८०६ मत ल्याई मेयर भएका थिए ।

राप्रपाका राम थापा सात हजार ६५५ मतसहित प्रमुख प्रतिस्पर्धी थिए । माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत ल्याएका थिए ।

यसपटक दमकमा तीन दलका तर्फबाट राप्रपाका राम थापा र एमालेबाट गीता अधिकारी मेयरका उम्मेदवार छन् । उपप्रमुखमा तीनदलीय गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई प्रसाईं र एमालेबाट अम्बिका खनाल उम्मेदवार छन् ।

त्यस्तै, चितवनको भरतपुर महानगर र माडी नगरपालिकामा एमाले–राप्रपाबीच चुनावी तालमेल भएको छ । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका हिमला गुरुङलाई एमालेले सहयोग गर्ने सहमति बनेको छ ।

महानगरको वडा नम्बर १५ र २६ को अध्यक्ष पनि राप्रपाले पाउनेछ । केही राप्रपाले एमालेलाई छोड्नेछ भने बाँकीमा मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

०७४ मा तालमेल गरी लडेका माओवादीले मेयर र कांग्रेसले उपमेयर जितेका थिए । सो समीकरणमा अहिले एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी थपिएको छ भने एमाले र राप्रपा तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सत्तागठबन्धनका तर्फबाट मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । गत निर्वाचनमा महानगरपालिकाका २९ वटा वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादी केन्द्रले तीनवटामा जित हासिल गरेका थिए ।[यो समाचार नयाँ पत्रिकामा छापिएको छ]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *