ओली समुहको स्थायी कमिटी बैठकका चार निर्णयहरु, भोलि फेरि बस्ने

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले विभिन्न चारवटा निर्णय गर्दै केही बेरअघि मात्र सकिएको छ।

स्थायी कमिटी बैठकका चार निर्णयहरु…

१) सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने।
२) देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने।
३) समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने।
४) प्रतिनिधि सभामा आइपर्ने चुनौतिको सामना गर्दै पार्टी र प्रधानमन्त्री अघि बढने।

बैठक पछि सो समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बुधवारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भने, ‘अहिलेको अबस्थामा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ’। अहिलेको परिस्थिति सर्वपक्षीय छलफल गरेर पनि अगाडी बढ्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

[ref-bbc]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है
महानिर्देशक गुरु भट्टराई को अश्लिताले भरिएको यो कुराकानी…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *