काठमाडौँ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ। पार्टीको हित विपरित गतिविधि गरेको र पार्टीलाइ गम्भीर नोक्शान पुग्ने कार्यमा संलग्न भएको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए। श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको छ। त्यस्तै बैठकले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय समेत गरेको छ। एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय पनि गरेको छ।
यी हुन् ओली समूहले गरेका निर्णयहरु :
– पार्टीविरुद्धका गतिविधि गरेको भन्दै नारायकाजीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो
– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मवारी
– एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय
– पार्टी फुटको घोषणा नगर्ने
– अर्को केन्द्रीय कमिटी बैठक पुस ९ गते दिउँसो ३ बजे बस्ने
– ०७८ मंसिर २ देखि ७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने ।

[ref-onlinekhabar
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…