ओली समूहको संसदीय दलको बैठक सम्पन्न, ११५ जना उपस्थित भएको दाबी

National News News

The Mirror Desk,

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली समुहको संसदीय दलको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ११५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गरे। केही सांसदहरु काठमाण्डौ बाहिर रहेकाले बैठकमा आउन नसकेको नेता नेम्वाङले बताए। आफूहरुको पक्षमा रहने सांसदहरुको संख्या अझै बढ्ने नेम्वाङले दाबी गरे।

संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरूलाई आग्रह गरे। बैठकमा प्रधानमन्त्रीले आफूहरू देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताए। प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकतावद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन समेत दिए।

आजको बैठकमा वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित भएनन्। प्रधानमन्त्रीले भोलिदेखि सुरु हुने संसद बैठकमा प्रभावकारी भूमिका निभाउन पनि सांसदहरुलाई निर्देशन दिएका थिए।

[ref-Nmedias]

अन्तमा यो पनि हर्नुहोस है
MCC ठिक छ, हामी पारित गरेर देखाईदिन्छौ:- रामकुमारी झाक्री

यो भिडियो हेरेपछि कमेन्टस बक्समा ‘BACK OFF MCC’ लेखेर MCC बिरुद्ध एक हौउ

Video Credt – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *