The Mirrro Desk,
काठमाडौँ, प्रगतिशील पत्रकार संघले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपाको ओली समूह र कांग्रेसको सरकार बन्न सक्ने दाबी प्रस्तुत गरेका छन्। MCC पारित गर्न ओली र देउवाले सरकारको सहकार्य गर्ने दाबी उनको थियो।
फरक प्रसंगमा सिंहले आफूले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुर्नस्थापना गरेपछि ओलीले राजीनामा नदिएर अनैतिकता प्रदर्शन गरेको आरोप लगाए। उनले भने ‘ओलीजीमा नैतिकता देखिएन, ‘अलिकती पनि नैतिकता भएको भए उहाँले राजीनामा दिनुहुन्थ्यो’। ओलीका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको भन्दै सिंहले नेपालमा अमेरिकी र भारतीय हस्तक्षेप बढ्ने दाबी गरे।
उनले MCC लाई राष्ट्रघातीको संज्ञा दिँदै उक्त परियोजना पास भए नेपाल अमेरिकी सैन्य अखडा बन्ने खतरा भएको पनि बताए। सिंहले भने, ‘MCC पास भयो भने नेपाल अमेरिकी सैन्य अखडा बन्छ, ‘MCC पास गर्न ओली र काँग्रेस गठबन्धनको सरकार बन्छ’।
[ref-onlinekhabar]
अन्तमा यो पनि है…..
पूर्व IGP को नेताहरु प्रतिको यो आक्रोश…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons