We decided to open another party

‘ओली सरकारको आयु सकियो’:- माधव नेपाल

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु र औचित्य सकिएको बताएका छन्। सर्बोच्चको फैसलाबाट सबैभन्दा बढी पिडित नेपालले किन यसो भने भन्ने कुरा स्पस्ट भएको छैन।

संसद्को बैठक बहिस्कार गरेर बाहिर निस्कदै गर्दा उनले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जेसुकै भए पनि यो सरकारको आयु सिद्धियो, अब पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि टिक्ने आधार भएन, प्रधानमन्त्रीले आफ्नो पदमा बस्ने कुनै आधार नै भएन’।

नेपाललेउ आफूले बनाएको र चलाएको पार्टी नेकपा भएको पनि बताए। ‘नेकपा चलाउने हामी, त्यसको नेतृत्व लिने म, केपी ओलीले खोसेर खोसिन्छ’? उनले भने।

सर्वोच्च अदालतले आज नेकपा पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएको थियो। अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसला राम्रोसँग पढ्न नपाएको पनि बताएका थिए। सर्वोच्च अदालतको फैसलाले बढी पिडित माधब नेपाल रहेका छन।

यसै गरी उनले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन्।

[ref-setopati]

अन्तमा यो पनि

भ्रस्ट नेताहरुलाई पूर्व IGP खनालको चेतावनी

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *