kp oli

‘औचित्यहिन बजेटको भण्डाफोर गर्न ओलीको निर्देशन’

National News News

The Mirror

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको कडा टिप्पणी गरेका छन।

साथै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई नेता ओलीले निर्देशन समेत दिएका छन।

पार्टी संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बजेट अनुचित, बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

पार्टीका प्रमुख सचेतक भट्टराईले भने, ‘बजेट अनुचित ढंगले, बिना सिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ्न पार्टीका अध्यक्ष ओलीले निर्देशन दिनु भएको छ’।

सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र ‘हावादारी’ रहेको निष्कर्ष समेत एमालेले निकालेको छ।

बैठकमा अध्यक्ष ओली, पूर्व-अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण पनि दिएका थिए।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *