Kamal Thapa and Rajendra

‘कमल थापाको पार्टी राप्रपामा बिलय हुन सक्ने’

National News News

The Mirror

भर्खरै सम्पन्न स्थानिय चुनाबमा लगभग सुन्य नतिजा आएपछि राप्रपा (नेपाल)का अध्यक्ष कमल थापा छट्पटाएका छन र फेरि राप्रपा संग पार्टी एकता गर्छु भन्दै हिडेका छन।

राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाप्रति लक्षित गर्दै इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर नहिँड्न सुझाव दिए।

अब राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्यमा पुगेकाले त्यस्ता एजेण्डालाई बोकेर हिँडनुको कुनै अर्थसमेत नरहेको उनको भनाइ छ।

थापाले भने, ‘राप्रपासँग एकताको सम्भावना जीवित छ, राजसंस्थाको एजेण्डा छाडेर आए एकताका लागि राप्रपा (नेपाल) सधैँ तयार छ’।

उनले संघीयताको औचित्य नरहेको दोहोर्‍याएका छन भने केन्द्र र स्थानीय सरकार अझ शक्तिशाली बनाएर लगेमा प्रदेश सरकारको आवश्यकता नरहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले देशमा देखा पारेको समस्या मध्ये एक समस्या संरचनागत त्रुटि हो, संरचनागत सुधारका लागि संघीयताको वर्तमान परिवर्तनलाई सुधार गरी केन्द्रमा एउटा बलिया सरकार र स्थानीय सरकार कायम गर्न उपयुक्त हुन्छ, बीचको प्रदेश सरकार वा प्रदेश तहको संरचनाको आवश्यकता छैन’।

प्रजातन्त्र स्थापनासँगै मुलुक देशी विदेशी शक्तिको क्रियास्थाल बनेको भन्दै यस विषयमा राज्य संवेदनशील नभएर दुर्घटना निम्तिन सक्ने उनले बताए।

[ref-sajhadabali]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *