कमानसिंहसँग नारायणकाजीलाई जोडेर अनावश्यक प्रचार भयो-: प्रचण्ड

National News News


नारायणकाजी निर्दोष छन्, उनीविरुद्ध रचिएको षड्यन्त्रको पर्दाफास गर्छौं-: दीपशिखा

काठमाडौँ, हाम्रो देश भ्रस्टचारको दलदलमा उठ्नै नसक्ने गरी भासिएको छ। कहाँ भ्रस्टचार छ होइन कहाँ छैन भनेर सोध्नुपर्ने भएको छ। सबैभन्दा बढी त सतारुढ दलका उच्च तहका नेताहरुनै छन्। हामीलाई लाग्दैन कि कोही पनि चोखो छ। उनीहरुले किन यति निस्फिक्री भएर भ्रस्टाचारमा लिप्त छन् भन्नेकुरा को उत्तर सजिलो छ किनकि यो सबै राज्यको आडमा नै भैरहेको छ। उनीहरुले प्रहरी, प्रसाशन, राज्य, अक्तियार र अदालत सबै किनेर यो बितण्डा मच्चाई रहेका छन्। उनीहरु राज्यका सम्पूर्ण निकायभन्दा माथि छन्।

यसै क्रममा नेकपाका प्रबक्ता समेत रहेका नेता नारायण काजी श्रेष्ठले केहि दिन अगाडी एउटा अडियो वा भिडियोमा साढे दुई करोड रुपैयाँको लेनदेनको विषय सुन्न पाइन्छ। पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामा, आफ्नो स्वकीय सचिब सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ।

यो बिषयमा सत्तारुढ दल (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर कुप्रचार भएको भन्दै आपत्ति प्रकट गरेका छन। बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठलाई मुछेर अनावश्यक प्रचार भएको भन्दै त्यसको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न आग्रह गरेका छन्। उनले बैठकमा बताए अनुसार कमानसिंह लामा र होइड्रोका व्यक्तिलाई राखेर कुरा गरेका थिए। प्रवक्ता श्रेष्ठले पनि ‘तपाईंहरु सबै आफ्नै साथीहरु भएकाले मिल्नुस्’ मात्र भनेको प्रचण्डले बैठकमा जानकारी दिएका थिए।

उक्त बिषयमा नेकपाको भ्रातृ संगठन युवा संघका संयोजक दीपशिखाले प्रवक्ता नाराणयकाजी श्रेष्ठविरुद्ध गरिएका षड्यन्त्रको पर्दाफास गर्ने बताएका छन्। उनले एक अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन्। उनले भने “भिडियो सुन्ने कुनै पनि मानिसले नारायणकाजी श्रेष्ठलाई दोषी देख्न नसक्दैन,के छ त्यस्तो जहाँ उनले अपराध गरेको प्रमाणित हुन्छ”? उनले अगाडी भने “जोसँग जे गर्न सक्ने हैसियत छ, उसले त्यही हर्कत गर्ने हो। राजनीति जान्नेले राजनीति र षड्यन्त्र जान्नेले षड्यन्त्र गर्छ”।[ref-onlinekhabar,lokpati]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *